१२ दुर्वासा (twelve angry men)

विश्वप्रसिद्ध अमेरिकी नाटक तथा टिभी सिरिज ज्ञद्द ब्लनचथ ःभल को नेपाली रुपान्तरण हो नाटक १२ दुर्वासा । संसारका धेरैवटा देशहरुमा धेरैवटा मञ्चहरुमा यो नाटक मञ्चन भइसकेको छ । वि.सं. २०७३ सालमा नेपालमा पनि मण्डला थिएटरलेसम्म मञ्चन गरेको थियो यो नाटक ।
सामाजिक परिवर्तन तथा राजनैेतिक परिवर्तनले आजको समयमा हरेक मान्छेको विचारलाई सम्मान गर्न सिकाएको छ, सैद्धान्तिक रुपमा । तर व्यवहारिक पाटोलाई नियाल्ने हो भनेँ आफ्ना विचार प्रस्तुत गर्न अथवा भावना प्रकट गर्नु निकै नै गाह्रोे काम हो । अझ नेपालको परिदृश्यमा त हरेक निर्णय बहुमतले पारित गर्ने चलन छ ।
यदि अदालतलाई कुनै निर्णय गर्न गाह्रो भएमा वा विशेष कारण वश कुनै मुद्दामा गम्भिर शंका देखेमा फरक पेशाका १२ जना आम नागरिकलाई त्यस मुद्दामा छलफल गर्न लगाएर निर्णय गर्न लगाईने अभ्यास भएका छन्, केहि देशहरुमा ।
यस नाटक यही पृष्ठभूमिबाट सुरु भएको छ । १२ जना आम नागरिक एउटा बन्द कोठाभित्र निर्णय गर्न लागि परेका छन् । १२ जनाले सर्वसम्मत नै निर्णय गर्नु परेकाले १२ जनाको विचारको बीचमा भएको संघर्षको कथा हो, १२ दुर्वासा ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *