पीत-हास्य Yellow Comedy

शिल्पी थिएटर काठमाडौंका निर्देशक रंगकर्मी घिमिरे युवराजले १५ दिनको सघन र आवसीय कार्याशाला पश्चात १० वटा एकल कथावाचन शैलीका सोलो पर्फमेन्स तयार पारियो कदम थिएटरमा । त्यस मध्ये ४ वटा कथालाई यल्लो कमिडी (पीत हाँस्य) नाम दिएर मञ्चन गरियो ।
कलाकारहरु याङ्साङ मुकारुङ, सुमित्रा पेहिम, सागर खाती र सिजन दाहालको आफ्नै जीवन भोगाईलाई नाटकको रुपमा तयार पारेर कदम थिएटरमा नियमित रुपमा मञ्चन गरिएको थियो ।
‘पीत–हाँस्य’ नाटकको एउटा यस्तो रूप हो, जहाँ कलाकार आफैले भोगेका, सुनेका र नजिकका मानिसले भोगेका कथालाई अभिनयमार्फत भन्छन् । यो रूपमा कलाकारले आफैंलाई व्यंग्य गर्छन्, आफूले सुनाउन चाहेको कथा रोचक ढंगमा प्रस्तुत गर्छन्  ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *