साहित्यकार नयनराज पाण्डेको कथा महानागरलाई नाट्य रुपान्तरण गरेर नाटक ‘लङ् टाईम नो सी’ बनाईएको हो । यो नाटकलाई कदम थिएटरका कलाकार दीपक खरेलले निर्देशन गर्नुभएको हो ।
सिनेमाघरभित्र आएका दर्शकमध्ये एउटा युवकले चिनेर बोल्छ अर्को अँधवैंशेसँग । सिनेमा हेरुन्जेल सम्म अँधवैंशे अपरिचित नै भइरहन्छ तर नचिने जस्तो गर्दैन । नाटकको अन्त्यमा अँधवैंशेले उक्त युवकलाई आफूले चिन्न नसकेको कुरा बताउँदा युवकलाई भावनात्मक रुपले एकदमै गाह्रो हुन्छ ।
बढ्दो शहरीकरण र मान्छेहरुमा ल्याउने शहरिया प्रवृतिले आफ्नै आफन्तहरु बीचको सम्बन्धहरु नै कति टाढा बन्दै छ भन्ने कुरा प्रष्ट देखाउँछ ।