शुक्रबार सिनेमा Friday Movie

कदम थिएटरले आफ्नो ‘पाङ्वाइला हिम’मा नियमित रुपमा शुक्रबार सिनेमा अर्थात फ्राईडे मुभी हेर्ने गरेको छ । कदमका पहिलो र दोस्रो ब्याचका कलाकारहरुले आयोजना गर्ने यस शुक्रबार सिनेमा निःशुल्क रुपमा देखाइन्छ । जुन सिनेमाहरु कलात्मक छन् र समसामयिक विषयमा चर्चा गर्न योग्य छन्, त्यस्ता सिनेमाहरु हेर्ने र अनौपचारिक छलफल गर्ने ओपन प्लेटफर्म हो–शुक्रबार सिनेमा । आउँदो शुक्रबार कुन सिनेमा हेरिन्छ भन्ने सूचना अगाडि नै आउने गरेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *