गैंडा टाइम्स

गैँडा टाइम्स बर्दिया राष्ट्रिय निकुञ्जका एक गैँडाको कथा हो, जसले आफ्नो बुबाको चोरी भएको खाग फिर्ता ल्याउन काठमाडौंसम्मको यात्रा गर्छ । यो यात्रामा उनी विभिन्न संघर्ष र धोखाहरूको सामना गर्छन् ।
जंगलमा, साक्षर बाँदर साथीबाट गैँडाले सेना र माओवादीहरूबीचको द्वन्द्वको बारेमा थाहा पाउँछ। केही समयपछि, गैँडाको बुबा (जो जंगलका नेता थिए) सिकारीहरूको कारण आफ्नो खाग गुमाउँछन् । जंगलको रक्षा गर्न नसकेको आरोप खेप्दै, गैँडाले चोरी भएको सिङ फिर्ता ल्याउने कसम खान्छ ।
काठमाडौंमा, उनले पत्रकार डा. कर्मदास पासिनाजिवीसँग भेट्छन्–जो गैँडालाई प्रचारको लागि उपयोग गर्छन् । तर वास्तविक सहयोग गर्दैनन् । छ महिनापछि, गैँडाले बुझ्छ, “मुकुटविनाको गैँडा हुनु इमानविनाको मानिस हुनु भन्दा राम्रो हो।“ त्यसपछि उनी जंगलमा फर्किँन्छ ।
यो कथा बुद्धिसागरद्वारा लेखिएको हो र निर्देशक सिजन दाहालले यसलाई नाटकमा रूपान्तरण गरेका थिए । यो नाटक कदम थिएटर, दमकमा मञ्चन गरिएको थियो र २०१९ मा नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवमा पनि प्रस्तुत गरिएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *