मरिचेको चुप्पी

“मरिचेको चुपी“ पाँचथरको ग्रामीण गाउँमा बसोबास गर्ने लिम्बू समुदायका पात्र मरिचेको कथामा आधारित एक नाटक हो । कथाको केन्द्रमा मरिचेको छोरा बामे रहेका छन् । जसले चराहरु सिकार गर्ने क्रममा झुक्किएर गुलेलीले गौतमको छोरा रामेलाई चोट पु¥याउँछन् । यस घटनाले मरिचे र गौतमबीच झगडा सुरु गराउँछ । झगडाको क्रममा हातपात हुन्छ, जसमा गौतम र उनको छोरालाई सामान्य चोट लाग्छ । तर गौतमले घटनालाई बढाई–चढाई गर्दै मरिचेसँग क्षतिपूर्ति माग गर्छन् र क्षतिपूर्ति नदिए कानुनी प्रक्रियामा जाने धम्की दिन्छन् ।
गाउँको भेलामा छलफल पछि मरिचेलाई आफ्नो जमिनको एक भाग गौतमलाई क्षतिपूर्ति स्वरूप दिनुपर्ने निर्णय गरिन्छ । मरिचे प्रशासनिक मामिलामा प्रयोग हुने औपचारिक भाषासँग अपरिचित भएकाले आफूलाई असहाय महसुस गर्छन् र अन्यायपूर्ण व्यवहार सहन बाध्य हुन्छन् ।
यो नाटक उपेन्द्र सुब्बाको कथा “मरिचेको चुपी“ को रुपान्तरण हो, जसलाई सिजन दाहालले निर्देशन गरेका थिए । यो नाटक २०७४ सालको असार महिनामा दमकमा १० दिनसम्म मञ्चन एको थियो र कदम थिएटरको पहिलो उत्पादनको रुपमा चिनिएको छ । यस नाटकले इलाममा आयोजित राष्ट्रिय नाटक महोत्सवमा पनि सहभागिता जनाएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *