महिलालाई कमजोर ठान्ने र वंश धान्न छोरा नै चाहिँन्छ भन्ने समाजलाई ब्यङ्ग्यत्मक शैलीले प्रस्तुत गरिएको नाटक हो ‘प्रत्यन्चा’ । नाटक ‘प्रत्यन्चा’ले एउटा बहुलठ्ठी शासकले ‘सनक’को भरमा राज्य चलाउँदा कसरी राज्य, परिवारलाई सखाप बनाउँछ भन्ने देखाउन खोजिएको छ ।
नाटक ‘प्रत्यन्चा’ कदम थिएटरको दोस्रो ब्याचको कार्यशालाबाट उत्पादन भएका दोस्रो ब्याचका विद्यार्थीको उत्पादन हो । यो नाटकलाई कदम थिएटरकै कलाकार सुमित्रा पेहिमले निर्देशन गर्नुभएको हो । लोकशैलीमा आधारित यस नाटकलाई सिजन दाहाल र प्रकाश शर्मा अधिकारीले लेखेका हुन् ।