गाई कि त्रिशूल

सर्वोदय बोर्डिङ स्कुलसँगको सहकार्यमा मञ्चन भएको नाटकमा बाल मनोविज्ञानमा आधिारित थियो । बालबालिकाले नियमित रुपमा पाउने दुई रुपैयाँको अभाव पछि उनीहरूको मनोविज्ञानमा परेको असरलाई नाटक गाई कि त्रिशूलले समेटेको छ । यो नाटक बालबालिकाद्वारा अभिनय गरिएको, बाल मनोविज्ञान बोकेको नाटक हो । नाटक बालमैत्री पनि छ । तर यो बाल नाटक चाहिँ हैन । सामाजिक र राजनीतिक उथलपुथलले विद्यालयमा पढ्दै गरेका बालबालिकाहरूको मनोविज्ञानमा पु¥याएको असरलाई नाटकमार्फत देखाउन खोजिएको छ । प्रकाश शर्मा अधिकारी र सिजन दाहालले नाट्य रूपान्तरण गरेको नाटकलाई कदम थिएटरका दीपक खरेल र मनिक शंकरले निर्देशन गरेका हुन् ।
कदम थिएटरले ‘विद्यालयमा रङ्गमञ्च’ अभियानमा दमकका केही विद्यालयहरूमा नाटक प्रशिक्षण गराइरहेको छ । यसैअन्तर्गत यो एक वर्षमा दमक कै सर्वोदय बोर्डिङमा विद्यार्थीहरूलाई अभिनय कार्यशाला गराए पश्चात् यो नाटक तयार पारिएको हो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *